एनआरएन इन्फ्रास्ट्रक्चरद्वारा लाभांश घोषणा
प्रकाशित मिति : 19 December, 2021 1:37 pm
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको संचित मुनाफाबाट आफ्ना सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ ।
कम्पनीको पौष २ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।२६ प्रतिशत नगद गरी कुल ५।२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ । कम्पनीले नवौँ वार्षिक साधारण सभा पौष २९ गते, बिहीबार हुनेछ । कम्पनीले पौष १५ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौष १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम हुने सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।