४ आश्विन २०८१, शुक्रबार

बेइजिङमा चालकरहित ट्याक्सी सेवालाई अनुमति

प्रकाशित मिति :  19 December, 2021 1:43 pm


काठमाडौं । चीन सरकारले बेइजिङमा चालकरहित ट्याक्सी सेवा सञ्चालन गर्न अनुमती दिएको छ ।

चीनिया अधिकारीहरूले एक अध्ययनपछि स्वचालित ट्याक्सी चलाउन अनुमति दिएका हुन्। तर तत्काल भने त्यस्ता ट्याक्सिमा सुरक्षा अनुगमनका लागि एक सुपरभाइजर बस्ने चीनिया अधिकारीले जनाएका छन् । ती सुपरभाइजरले समस्या आए हटाउने छन् जस गर्दा दुर्घटनाको सम्भावना ज्यादै न्युन हुन्छ ।

ती कारको मनिटरमा जडान गरिएका विशेष उपकरण र सेन्सरले वरिपरीको वातावरण, पैदलयात्रु र सडकका अन्य सवारीसाधनबारे जानकारी दिने छ ।

रोबोट्याक्सी भनिने त्यस्ता सवारसाधनहरू राजधानीका दक्षिणपूर्वी भेगमा चलाइने जनाइएको छ। अहिले बेइजिङको यीझुआङको ६० वर्ग किलोमिटर क्षेत्रमा सो सेवा उपलब्ध छ।

यो परीक्षण सफल हुँदै गए ठूलो सङ्ख्यामा यस्ता ट्याक्सी चलाउने योजना अघि बढाइएको छ ।

 



प्रतिक्रिया दिनुहोस !