१४ मंसिर २०८१, शुक्रबार

रिलायन्स फाइनान्सले गर्‍यो १५ प्रतिशत लाभांश घोषणा

प्रकाशित मिति :  19 December, 2021 1:59 pm


काठमाडौं । रिलायन्स फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको संचित म्ुनाफाबाट आफ्ना सेयरधनीलाई १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीको पौष २ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।



प्रतिक्रिया दिनुहोस !