६ आश्विन २०८१, आइतबार

अमेरिकाको आधा तेल पाइपलाइनहरू खाली

प्रकाशित मिति :  19 December, 2021 3:38 pm


काठमाडौं । अमेरिकाका तेल पाइपलाइनहरू मध्ये आधा पाइपलाइनहरू रितिएका छन् ।

वैश्विक कोरोना महामारी फैलिएयता जीवाश्म इन्धन उत्पादनको स्तर न्यून भएकाले कच्चा तेल (क्रुड आयल)का पाइपलाइनहरू खाली हुँदै आएको आयलप्राइसडटकमले उल्लेख गरेको छ ।

महामारी अघिको अवस्थामा अमेरिकी तेल पाइपलाइनहरूको उपयोगिता ६० देखि ७० प्रतिशत रहेका थिए । अहिले यो उपयोग ५० प्रतिशत भन्दा मुनि झरेको छ ।

तेल उत्पादन १ करोड ३०लाखबाट झरेर १ करोड १० लाख ब्यारल प्रतिदिनमा झरेको छ ।

देशभरका पाइपलाइनहरूमा औसत समानरूपमा तेल वितरण हुादैन् । ग्रे ओक पाइपलाइनको ९४ प्रतिशत उपयोगिता छ । द ब्रिज टेक्स पाइपलाइनको उपयोगिता ७० प्रतिशत रहेको छ ।



प्रतिक्रिया दिनुहोस !