अर्घाखाँचीमा फरार व्यक्ति पक्राउ गर्न प्रहरी सक्रिय
अर्घाखाँची । अर्घाखाँचीमा विगत ४ महिनामा ८ जना फरार व्यक्ति पक्राउ परेका छन् ।
विगत केही बर्ष अगाडि जिल्ला अदालतबाट फैसला भई कानुन बमोजिम सजाय भोग्न पर्नेमा फरार रहेका व्यक्ति पक्राउ परेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक अम्मर बहादुर थापा क्षेत्रीले जानकारी दिए । २२ वर्षदेखि फरार रहेका व्यक्तिलाई समेत पक्राउ गरिएको थापाले बताए ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको तथ्याङ्क अनुसार २०५६ साल असार १८ गते फैसला भएका कर्तव्य ज्यानका प्रतिवादी शितगंगा नगरपालिका वडा नम्बर–७ का खिमबहादुर पुलामीलाई गत कार्तिक १६ गते प्रक्राउ गरि कारागार पठाईएको छ ।
त्यस्तै मंसिर २३ गते बहुविवाह गरि फरार रहेका बसन्त नेपालीलाई पनि पक्राउ गरी सजाय भुक्तानीका लागि कारागार चलान गरिएको अर्घाखाँचीका प्रहरी निरिक्षक गणेश खनालले जानाकारी दिए ।
त्यस्तै पाणिनी गाउँपालिका साविक मैदान गाविस वडा नम्वर–९ का नारायण बहादुर सुर्यवसीलाई हत्या गरि फरार रहेका सोही स्थानका हुमबहादुर रास्कोटी,लागुऔषधमा संलग्न साविक पाली गाविस वाड नम्वर २ का रोसन अली,कर्तव्य ज्यानमा फरार रहेका शीतगंगा नगरपालिका वडा नम्बर–७ निवासी खिमबहादुर पुलामी,छत्रदेव गाउँपालिका वडा नम्बर ४ का गोकुल बस्नेत चोरी सम्बधी कसुरमा फरार रहेकोमा प्रक्राउ गरिएको प्रहरी निरिक्षक सुजन शाहले बताए ।
सवारी ज्यानमा फैसला भई फरार रहेका पाणिनी गाउँपालीका वाडनम्वर ३ का मनोज दलार्मी,बैकिङ कसुरमा भुमिकास्थान नगरपालीका वाडनम्वर ८ का लिलबहादुर कुवर क्षेत्री र बहुविवाह सम्बन्धि कसुरमा फरार रहेका सन्धिखर्क नगरपालिका वडा नम्बर – ११ का तेज बहादुर कुवँरलाई प्रक्राउ गरि कारागार चलान गरिएको अर्घाखाँची प्रहरी प्रमुख थापाले बताए ।