१४ मंसिर २०८१, शुक्रबार

भोली १७ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

प्रकाशित मिति :  20 December, 2021 12:08 pm


काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले भोली पुस ६ गते १७ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

राष्ट्र बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिल गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ५ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल चैत ८ गते परिपक्व हुनेछ।

त्यस्तै १८२ दिनका लागि १० अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ भने यो ट्रेजरी बिल २०७९ साल असार ७ गते परिपक्व हुनेछ ।

यसैगरी बैंकले ३६४ दिने २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ भने यो ट्रेजरी बिल २०७९ पुस ५ गते परिपक्व हुनेछन्।

यी ट्रेजरी बिलको आज पुस ५ दिउँसो २ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !