६ आश्विन २०८१, आइतबार

अफगानस्थानमा दश लाख बालबालिका भोकमारीको जोखिममा

प्रकाशित मिति :  20 December, 2021 12:31 pm


ऐजेन्सी । अर्थतन्त्र धराशायी बन्दै गएपछि अफगानस्थानमा लाखौँ मानिस भोकमारीको जोखिममा परेका छन् ।

तालिबानले कब्जा गरेपछि अफगानस्थानमा द्वन्द त सकिएको छ, तर भोकमारी नयाँ चुनौतीमा रुपमा खडा भएको छ । चार महिना यता तालिबानले अफगास्थान कब्जा गरेर सत्ता सञ्चालन गरिरहेका छन् । अर्थतन्त्रको उचित व्यवस्थापन गर्न नसक्दा त्यहाँको ठूलो जनसंख्या भोकमारीको चपेटामा पर्ने देखिएको छ । तालिबानको सत्ता सम्हालेपछि त्यहाँ अन्तराष्ट्रिय सहयोगहरु बन्द गरिएको छ ।

अहिले त्यहाँ तालिबानको सरकार र चिकित्सा प्रणालीले कोभिडसँग लड्न सकिरहेको छैन भने अर्काेतर्फ भोकमारीको सम्भावना दिनप्रतिदिन बढे्दो छ ।

अहिले अफगानस्थानको अस्पतालमा बिरामी र कुपोषण भएका बालबालिकाहरूलाई ‍औषधि र पौष्टिक आहारको हाहाकार मच्चिन थालेको छ। हजारौँ आमाहरु बच्चाको लागि पौष्टिक आहार खोज्न अस्पतालमा लामबद्द छन् । उनीहरु पौष्टिक आहारको प्रखाइमा छन् । त्यहाँ दश लाख बालबालिका भोकमारी जोखिममा रहेका छन् ।

यसअघि चीनले आफगानस्थानलाई सहयोगको घोषणा गरिसकेको छ भने पाकिस्तानले सहयोगका लागि आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !