११ कार्तिक २०८१, आइतबार

आगामी तीन दिनको मौसम पूर्वानुमान

प्रकाशित मिति :  21 December, 2021 8:25 am


काठमाडौं । हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

बुधबार पनि पहाडी भेगमा आंशिक बदली रहनेछ । प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक\दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने बाँकी भेगमा मौसम सफा रहने छ ।

त्यस्तै बिहीबार देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।



प्रतिक्रिया दिनुहोस !