प्रतिनिधिसभामा नेकपा एमालेको नाराबाजीकै बीच दुई अध्यादेश स्वीकृत
प्रकाशित मिति : 21 December, 2021 2:27 pm
काठमाडौं । प्रतिनिधिसभा बैठकले आज दुई अध्यादेश स्वीकृत गरेको छ । मंगलबार प्रतिनिधिसभामा प्रमुख विपक्षी दल नेकपा एमालेको नारावाजीकै बीच पनि यौनहिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश स्वीकृत भएको हो ।
बैठक शुरु हुनेवित्तिकै एमाले सांसदहरुले वेल घेर्दै नाराबाजी गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालनमा अवरोध नगर्न पटक पटक आग्रह गरे पनि एमाले सांसदहरुले नाराबाजी जारी राखेका थिए ।