६ आश्विन २०८१, आइतबार

फ्रान्सकी प्रथम महिला तेस्रो लिङ्गी भएको सोसल मिडियामा व्यापक चर्चा

प्रकाशित मिति :  21 December, 2021 2:21 pm


काठमाडौं । फ्रान्सकी प्रथम महिला तेस्रो लिङ्गी भएको सोसल मिडियामा व्यापक चर्चा भएको देखिएको छ ।

फ्रान्सका राष्ट्रपति एम्मानुअल म्याक्रोनकी पत्नी जन्मेको बेला पुरुष शिशुको रूपमा जन्मेको दाबी सहितका हल्ला चलेको हो ।

ब्रिगिट म्याक्रोनले यो हल्ला विरूद्ध मुद्दा हाल्ने तयारी गरिरहेको फ्रान्सको मिडिले उनी निकट व्यक्तिलाई उल्लेख गरी समाचार छापेका छन् ।तर सोसल मिडियामा भएको चर्चाका बारेमा उनले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक गरेकी छैनन् ।

अनलाइनमा चलेको हल्लाका आधारमा फ्रान्सकी प्रथम महिलाको जन्मेको बेला पुरुष नाम जान मिचेल ट्रोगने रहेको पछि उनको नाम ब्रिगिट म्यारि क्लाउड राखिएको हो ।

नुमेरामा समाचार वेबसाइट अनुसार ३४ हजार पोस्टमा प्रथम महिला पुरुष जन्मेको दाबी सहितको ह्यासटयाग जानमिचेल ट्रोगन अन्तर्गत ट्वीटरमा साझा गरिएको हो । नाताचा रे नाम गरेकी पत्रकारले यो समाचारको दाबी गरेकी छिन् ।

उनले ब्रिगिट म्याक्रोनको बारेमा विगत तीन वर्षदेखि अध्ययन गरी समाचार लेखेको दाबी गरेकी छिन् । हालको एक अन्तर्वार्तामा रेले प्रथम महिला पुरुषको रूपमा जन्मेको दाबीका लागि पुष्टि गर्ने प्रमाण प्रस्तुत गरेको बताइन् । प्रमाणहरू खाममा बन्द गरी वकिलको निगरानीमा राखिएको छ ।

ब्रिगिट म्याक्रोन मात्र एक्ली प्रथम महिला होइन वा राष्ट्रप्रमुख होइन जसलाई यस्ता हल्लाको कोपभाजन हुन पुरेको थियो । सन्२०१७मा इन्फोवार्स वेबसाइटमा एलेक्स जोन्सले अमेरिकी राष्ट्रपति बराक ओबामाकी पत्नीको बारेमा यस्तै हल्ला चलाइएको थियो ।

न्युजिल्याण्डकी प्रधानमन्त्री जसिण्डा अर्डेनको बारेमा पनि तेस्रोलिङ्गी भएको हल्ला चलाइएको थियो । तर कुनै पनि हल्ला निर्णायकरूपमा पुष्टि हुन सकेको थिएन् ।



प्रतिक्रिया दिनुहोस !