६ आश्विन २०८१, आइतबार

पूर्वी युक्रेनमा अमेरिकीहरूले रसायनिक हातहतियार विकास गरिरहेको रुसी दाबी

प्रकाशित मिति :  21 December, 2021 5:13 pm


काठमाडौं । अमेरिकीहरूले पूर्वी युक्रेनमा रसायनिक हातहतियारको तयारी गरिरहेको दाबी गरिएको छ ।

अमेरिकाको तलब भत्ता खानेहरूले रसायनिक हातहतियारको तयारी गरिरहेको रुसले गरेको दाबी आरटीडटकमले जनाएको छ ।

अमेरिकी सैनिक गठबन्धन नेटो र रुसबीच तनाव बढिरहेको बेला यो दाबी सार्वजनिक भएको हो ।

अमेरिकाले पूर्वी युरोपमा थप सैनिक गतिविधि गरे त्यसको जवाफमा रुसले सैनिक कारबाही गर्ने चेतावनी दिएको केही घण्टा पछि यस्तो दाबी सार्वजनिक गरेको हो ।



प्रतिक्रिया दिनुहोस !