काठमाडौंसँग जोडियो रोल्पाको थवाङ
प्रकाशित मिति : 22 December, 2021 8:58 am
रोल्पा । रोल्पाको थवाङ सिधैँ काठमाडौंसँग जोडिएको छ । थवाङबाट काठमाडौँका लागि पहिलोपटक रात्रिबस सेवा सुरु भएसँगै थवाङ–काठमाडौं जोडिएको हो ।
बस सेवामार्फत थवाङबाट अब १२ घण्टामै काठमाडौंपुग्न सकिने भएको छ । थवाङबाट रुकुमपूर्वको खावाङ, बागलुङको बुर्तिवाङ, पोखरा हुँदै काठमाडौँका लागि रात्रिबस सेवा सुरु भएको छ ।
हाल घोडाघोडी डिलक्स यातायातले सेवा दिइरहेको छ । यसअघि थवाङवासी सदरमुकाम लिवाङसम्म जीपमार्फत करिब आठ घण्टाको दूरी पार गर्दै रात्रिबसमा काठमाडाँै जाने गरेका थिए ।
थवाङ–लिवाङ र लिवाङ–काठमाडाँैको बराबरी भाडा तिर्न बाध्य उनीलाई थवाङ–काठमाडौं बस सेवा सुरु भएसँगै राहत मिलेको छ ।रासस