भारतमा चिनियाँ मोबाइल कम्पनीहरूमा आयकरको छापा
प्रकाशित मिति : 22 December, 2021 4:03 pm
काठमाडौं । भारतको आय कर विभागले चिनियाँ मोबाइल कम्पनीहरूमा छापा मारेको छ ।
चिनियाँ कम्पनीहरूको भारत भर रहेको कम्पनीका ठेगानहरूमा छापामारी भएको हो ।
भारतीय अधिकारीहरूजे चिनियाँ मोबाइल कम्पनीहरूले कर छलेको हुन सक्ने भनेर छापामारी गरेको बताएको भारतीय मिडियाहरूले जनाएका छन् ।
यो वर्ष अगस्टमा चिनियाँ टेलिकम उपकरण बनाउने कम्पनी जेडटीईको गुरुग्रामस्थित कम्पनीमा आयकरले छापामारेको थियो ।
कम्पनीको भारत प्रमुखसँग आयकर विभागका अधिकारीहरूले सोधपुछ गरेका थिए ।
आयकर विभागले जनाए अनुसार दिल्ली, नोएडा , गुरुग्राम, मुम्बई , हैदराबाद र बेंगलुरुस्थित चिनियाँ कम्पनीहरूको कार्यालयहरूमा छापा मारिएको हो । यसमा ओप्पो र भिभो लगायतका कम्पनीहरू रहेका छन् ।