१६ माघ २०८१, बुधबार

अभियान लघुवित्तका सात प्रदेशमा ६० शाखा, संस्थागत सुशासन प्राथमिकतामा

प्रकाशित मिति :  22 December, 2021 7:20 pm


काठमाडौं । अभियान लघुवित्त वितीय संस्था लिमिटेडले सातै प्रदेशमा क्षेत्र विस्तार गरेको छ । स्थापना भएको दुई वर्ष मात्र पुगेको संस्थाले देशभर ६० वटा शाखा विस्तार गरेको छ ।

संस्थाले यसै साता समीक्षा गोष्ठी सम्पन्न गरेको छ । काभ्रेको धुलिखेलमा सम्पन्न समीक्षा गोष्ठीले संस्थागत सुशासनलाई उच्च स्थानमा राखेर संस्थाले थप उद्देश्यमूलक कार्य अगाडि बढाउने निश्कर्ष निकालेको छ ।

संस्थाले २ सय जनालाई रोजगारी दिएको छ । स्थापना भए लगत्तै कोरोना महामारी शुरु भए पनि संस्थाको प्रगति भने निरन्तर रहेको अध्यक्ष बाबुराम थापाले बताए ।

“कोरोना महामारीकैबीच हामीले जिरो बाट शुरु गरेर २ अर्ब बढीको पूजी परिचाल गरिरहेका छौं,” उनले भने, “सक्षम संचालक र संस्थाका प्रतिवद्ध सदस्यको सक्रियताले छोटो समयमा यति गर्न सकेका छौं ।”

संस्थाले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । हाल चुक्तापूँजी १५ करोड २५ लाख रुपैयाँ रहेको छ । सर्वसाधारणलाई आईपीओ जारी गरेपश्चात् चुक्तापूँजी २५ करोड रुपैयाँ पुग्ने छ ।



प्रतिक्रिया दिनुहोस !