३ आश्विन २०८१, बिहिबार

घोराही- १४ लाई पुष्पमा आत्मनिर्भर बनाईंदै

प्रकाशित मिति :  25 February, 2020 5:42 pm


घोराही, १३ फागुन । घोराही उपमहानगरपालिका वडा नम्बर १४ भित्र पुष्प खेतीलाई व्यवसायीकरुपमै अघि बढाईने भएको छ । हरेक सुभकार्य, उत्सब, दिवस तथा पर्वहरुमा आबस्यक पर्ने पुष्प आफ्नै वडा भित्र उत्पादन गर्ने गरी वडा कार्यालयले प्रर्बद्धन गर्न थालेको हो ।

वडा भित्र नमूना पुष्पखेती गर्न वडा कार्यालय र कृषि ज्ञान केन्द्रले सहकार्य थालेका छन् । यसैक्रममा मंगलबार वडाको लोहासुर टोलमा जलजला पुष्प खेती गर्दै आएका लोकेन्द्र रोकालाई २ हजार पुष्पका बेर्ना बितरण गरिएको छ ।

वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरी, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी र लुम्बीनि पुष्प व्यवसायी समितिका अध्यक्ष रमेश पाण्डेले रोकालाई २ हजार बोट पुष्प हस्तान्तरण गरे ।

कार्यक्रममा नगर प्रमुख चौधरीले पुष्प खेतीको सम्भावना निकै धेरै रहेको तर खेती गर्ने आँट भने थारैले मात्रै गरेको बताए। अनेक थरिका पुष्पको खेतीबाट मनग्य आम्दानी गर्न सकिने भन्दै उनले व्यवसायमा जोडिन नागरिकहरुलाई आग्रह गरे ।

नगरलाई फुलैफुलका नगर बनाउने सोच रहेको भन्दै उनले आयातित खादा र पुष्पलाई बिस्थापन गर्न लागि परेको बताए । कार्यक्रममा पुष्प बिज्ञ रमेश पाण्डेले पुष्पले नगरको सुन्दरता र व्यवसायीको हातमा पैसा हुने अबस्था रहेको उल्लेख गरे ।

पुष्प खेतीका लागि घोराही क्षेत्र उत्तम रहेको भन्दै उनले पुष्प उत्पादनबाटै आर्थीक आयलाई बढाउन सकिने बताए ।



प्रतिक्रिया दिनुहोस !