१३ मंसिर २०८१, बिहिबार

मध्य भोटेकोशीको आइपीओ नेप्सेमा सूचिकृत, कतिमा होला पहिलो कारोबार ?

प्रकाशित मिति :  23 December, 2021 1:55 pm


काठमाडौं । आइपीओ निष्काशन गरेको झण्डै २ महिनापछि मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको साधारण सेयर (आइपीआ) नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचिकृत भएको छ ।

स्टकका अनुसार कम्पनीको ६ करोड कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएको हो ।

नेप्सेले कम्पनीको उक्त सेयर धितोपत्र दोस्रो बजारमा कारोबार गर्नको लागि MBJC संकेत प्रदान गरेको छ । कम्पनीको सेयर आइतबारदेखि दोस्रो बजारमा कारोबार सुरु हुने नेप्सेले जनाएको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९४ रूपैयाँ ३९ पैसादेखि अधिकतम २ सय ८३ रुपैयाँ १७ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ ।

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले असोज २० गते, बुधबारबाट असोज २५ गते, सोमबारसम्म प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

जसमध्ये, ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामुहीक लगानी कोष र ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी ८१ लाख ९० हजार कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।

उक्त आईपीओ कार्तिक १२ गते, शुक्रबार गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । अन्तिम दिनसम्म २३ लाख ९० हजार २ सय १८ जना आवेदकले आवेदन दिएका मध्य ८ लाख १९ हजार जनाले मात्र १० कित्ताको दरले सेयर प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !