६ आश्विन २०८१, आइतबार

पञ्जाबका मुख्यमन्त्री लुधियाना पुग्न अघि अदालतमा भएको विस्फोटनबाट दुईको मृत्यु

प्रकाशित मिति :  23 December, 2021 2:37 pm


काठमाडौं । भारतको पञ्जाब प्रान्तको लुधियानास्थित एक अदालतमा बिहीबार भएको बम विस्फोटनमा परी दुई जनाको मृत्यु भएको छ ।

अदालतको तेस्रो तलामा भएको विस्फोटनबाट पर्खाल ध्वस्त भएको छ ।

अन्य चार जना गमभीर घाइते भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

पञ्जाबका मुख्यमन्त्री चरणजीतसिंह चन्नी लुधियाना पुग्न केही बेर पहिले यो विस्फोटन भएको हो ।

हालसम्म भएको जानकारी अनुसार एक जनाको शव बाथरुममा छ । बिस्फोटन बामरुमा भएको थियो ।

अर्को एक शब आत्मघातीको छ । तर यसबारे अहिलेसम्म तत्काल कुनै जानकारी सार्वजनिक भएको छ । फरेन्सिक टोली लुधियानाका लागि खटाइएको छ ।



प्रतिक्रिया दिनुहोस !