३ आश्विन २०८१, बिहिबार

अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जिवी ढकाल रिहा

प्रकाशित मिति :  25 February, 2020 6:55 pm


काठमाडौं, १३ फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जिबी ढकाल रिहा भएका छन् । फागुन १ गते काठमाडौंको सुन्धारा क्षेत्रबाट पक्राउ परेका ढकाल बुधबार धरौटिमा रिहा भएका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच हजार धरौटीमा ढकाललाई रिहा गरेको हो ।ढकाल रिहा भएपछि नेपाल वार एसोसिएसनको गाडिमा चढेर बाहिरिएका थिए ।
यसअघि सर्वोच्च अदालतले रिहा गरेलगत्तै अदालत गेटबाटै पुनः पक्राउ परेका ढकाललाई अभद्र ब्यवहारको मुद्धा चलाएको थियो ।
संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक भने प्रहरी हिरासतमै रहेका छन् । उनलाई फागुन ५ गते मध्य बानेश्वरबाट गिरफ्तार गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !