मेडिकल कलेजहरुले लिएको शुल्क छानविन गर्न संसदीय समितिको निर्देशन
प्रकाशित मिति : 23 December, 2021 4:29 pm
काठमाडौैं । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले मेडिकल कलेजहरुले बढी शुल्क लिइरहेको भन्दै चासो देखाएको छ ।
सिंहदरबारमा आज बसेको समिति बैठकले मेडिकल कलेजहरूले बढी शुल्क लिएको विषयमा सत्यतथ्य बुझी समस्या समाधान गर्न मन्त्रालयलाई निर्देशन दिएको हो ।
समितिले संघीय शिक्षा ऐन र प्राविधिक तथा व्यावसायिक शिक्षा ऐनका विषयमा छलफल गर्दै उक्त ऐन संसदमा पेश गर्न पनि निर्देशन दिएको समिति सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।
साथै बाल शिक्षकहरूको पारिश्रमिकका सम्बन्धमा पूरा पारिश्रमिक न पाएका शिक्षकहरूलाई पारिश्रमिक उपलब्ध गराउन समितिले शिक्षा मन्त्रालयलाई भनेको छ ।