सुन २ सय रुपैयाँले सस्तियो
प्रकाशित मिति : 24 December, 2021 11:41 am
काठमाडौं । नेपाली बजार यो साताको अन्तिम कारोबारमा सुनको मूल्य सस्तिएको छ । बिहिबार ७ सयले महंगिएको छापावाला सुनको मूल्य शुक्रबार २ सयले घटेर तोलाको ९३ हजार १ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजावी सुन ९२ हजार ६ सयमा कारोबार भइरहेको छ । हिजो तेजावी सुन ९२ हजार ८ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ । बिहिबार १५ रुपैयाँ बढेको चाँदी आज शुक्रबार स्थिर रहि १२६० रुपैयाँमा कारोबार हुने महासंले उल्लेख गरेको छ ।