६ आश्विन २०८१, आइतबार

उत्तर प्रदेश लगायतका भारतीय प्रदेशहरूमा रात्रिकालीन कर्फ्यु

प्रकाशित मिति :  24 December, 2021 1:06 pm


काठमाडौं । कोरोना संक्रमणबारे भारतको केन्द्रीय सरकारलेले प्रदेशहरूलाई दिएको चेतावनी अन्तर्गत भारतका १० प्रदेशहरूमा क्रिसमस तथा नयाँ वर्षका सार्वजनिक कार्यक्रमहरूमा बन्देज लगाएको छ ।

कोभिडका नयाँ ओमिक्रोन भेरियन्टको खतराबारे सतर्कता अपनाउँदै मध्य प्रदेश, उत्तर प्रदेश, राजस्थान र गुजरातजस्ता प्रदेशहरूले रात्रिकालीन कर्फ्यु लागु गरेका छन् ।

दिल्ली, महाराष्ट्र, कर्नाटक र ओडिशामा क्रिसमस र नयाँ वर्षको समारोहमा रोक लगाइएको छ । तेलाङ्गानामा एक गाउँमा ओमिक्रोनको खतराका कारण १० दिनको लकडाउन गरिएको हो ।



प्रतिक्रिया दिनुहोस !