१३ मंसिर २०८१, बिहिबार

साल्ट ट्रेडिङ्ग कर्पाेरेशनको बोनस सेयर नेप्सेमा सूचिकृत

प्रकाशित मिति :  24 December, 2021 3:20 pm


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेयर सूचिकृत भएको छ । आज (शुक्रबार) साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडको २० प्रतिशत बोनस बापतको ३ लाख ८४ हजार ५ सय ८३ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको नेप्सेले जनाएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई २० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ५ प्रतिशत नगद गरि कूल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

उक्त प्रस्तावित लाभांश कार्तिक १६ गते मंगलबार सम्पन्न भएको कम्पनीको ५४औँ वार्षिक साधारण सभाले पारित गरिसकेको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कार्तिक २ गतेदेखि कार्तिक १६ गतेसम्म बुकक्लोज गरेको थियो ।

त्यसैले, कार्तिक १ गते, सोमबारसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीले मात्र यो लाभांश प्राप्त गर्न सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस !