६ आश्विन २०८१, आइतबार

सोभियत संघको पतन बीसौं शताब्दीको सर्वाधिक खराब विपतबारे रुसी संसदमा मतदान हुने

प्रकाशित मिति :  24 December, 2021 4:57 pm


काठमाडौं । सोभियत संघको पतन बीसौं शताब्दीको सवौधिक खराब विपत भएको विषयमा रुसी संसदमा मतदान हुने भएको छ ।

सोभियत संघ विघटनको तीन दशक हुन लाग्दा रुसी संसदका केही सांसदहरूको एक समूहले सोभियत संघको पतनलाई औपचारिकरूपमा बीसौं शताब्दीको सबै भन्दा ठूलो भूराजनीतिक विपत भएको प्रस्ताव बनाएको छ ।

दक्षिणपन्थी लोकप्रियतावादी पार्टी एलडीपीआरका प्रतिनिधिहरूले रुसको तलो सदन डुमामा यो प्रस्ताव सोमबार प्रस्तुत गरेका थिए । यो प्रस्तावलाई रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र देशका अन्य प्राधिकृत व्यक्तिहरू समक्ष पठाउने प्रस्ताव गरिएको छ ।

दस्तावेजमा उल्लेख गरिएको छ “तीस वर्ष अघिको घटनाबाट एतिहासिक पाठहरूको महत्वमा ध्यान दिन संसदले आह्वान गर्छ जुन घटनाले राजनीतिक, सामाजिक र आर्थिक समस्या निम्त्यायो ।

यो प्रस्ताव रुसी संसदमा पारित भए यसले सोभियत संघको पतन बीसौं शताब्दीको मुख्य राजनीतिक विपत जसले समाजका विविध क्षेत्रको विघटन, आर्थिक तथा राजनीतिक संकट र राष्ट्रिय भूमिमा द्वन्द्वको आपत्काल निम्त्यो भन्ने घोषणा गर्छ ।

तत्कालीन सोभियत संघका राष्ट्रपति मिखाइल गोर्बाचेभले २५ डिसेम्बर १९९१मा आफू अब उपरान्त सोभियत संघको राष्ट्रपति नहुने घोषणा गरेका थिए । त्यसपछि बोरिस येल्तिसन रुसी महासंघको पहिला राष्ट्रपति भएर आउने कुरो बेलारुस र युक्रेनसँग सम्झौता डिसेम्बर ८मै सोभियत संघ अब अस्तित्वमा नरहने गरिएको थियो । यो सम्झौता बेलोभेज एकोर्ड भनी चिनिन्छ ।

हालै गरिएको सबै भन्दा घृणा गरिएको व्यक्तिमा गोर्बाचेभ भएको एक सर्वेक्षण सार्वजनिक भएको थियो । सोभियत संघको बेला रुसीहरूको जीवनस्तर घटाउने नेताको रूपमा गोर्बाचेभलाई चित्रित गरिएको छ ।

यो महिनाको सुरुमा सार्वजनिक भएको एक टेलिभिजन अन्तर्वार्तामा राष्ट्रपति पुटिनले सोभियत संघको विघटन देशको अधिकांश हिस्साका लागि एक त्रासदी थियो भन्ने आफ्नो बुझाइ रहेको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस !