४ आश्विन २०८१, शुक्रबार

पारा भेटेरिनरी एशाेसिएसनकाे अध्यक्षमा मेहता, यस्ताे बन्याे नयाँ कार्यसमिति

प्रकाशित मिति :  26 December, 2021 9:18 am


काठमाडौं । पशुपन्छी स्वास्थ्यकर्मीहरूको संस्था नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एशाेसिएसन (नेभ्ला) को अध्यक्षमा रामप्रसाद मेहता निर्विरोध निर्वाचित भएका छन् । उनको यो दोस्रो कार्यकाल हो ।

‘आर्थिक समृद्धिका लागि सम्पूर्ण भेटेरिनरी प्राविधिकहरूको एकता, गैरराजनैतिक भूमिकासहितको संस्था निर्माण हाम्रो प्रतिबद्धता’ नारासहित पुस ६ देखि ९ गतेसम्म सम्पन्न लेम्लाको साधारणसभा तथा अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।

संस्थाको वरिष्ठ उपाध्यक्षमा डम्बरबहादुर बम चयन भएका छन् भने समावेशी तथा खुलातर्फका ११ उपाध्यक्षसमेत निर्विरोध चयन गरिएको छ । महासचिवमा विश्वेश्वरप्रसाद यादव निर्वाचित भएका छन्।

उपाध्यक्षहरूमा काजीबहादुर श्रेष्ठ (खुला), धर्मराज धिमाल (उपत्यका), गीता धमला (महिला), उमाकान्त चापागाई (निजी), योगेन्द्रप्रसाद यादव (प्रदेश १), परमेश्वर यादव (प्रदेश २), मुकुन्दकुमार खड्का (बागमती), नवराज अधिकारी (गण्डकी), हुमाकान्त पाण्डे (लुम्बिनी), प्रकाश पाण्डे (कर्णाली) र धनबहादुर चौधरी (सुदूरपश्चिम) छन् ।

उपमहासचिवमा कमल विश्वकर्मा, योगेन्द्रप्रसाद शर्मा र सीताराम ओली निर्वाचित भएका छन् । सचिवमा श्याम सिंह खड्का, कोषाध्यक्षमा हरिलाल कँडेल र सहकोषाध्यक्षमा चीनाकुमारी लामा निर्वाचित भए ।

प्रदेश सचिवमा प्रदेश १ सचिवमा दीपकबाबु सिंह, प्रदेश २ प्रभुकान्त झा, वाग्मती प्रदेश साजन कार्की, गण्डकी प्रदेश पुष्पराज बास्तोला, लुम्बिनी प्रदेशमा युवराज ज्ञवाली, कर्णाली प्रदेशमा रमेशकुमार केसी र सुदूरपश्चिम प्रदेशमा मानवबहादुर राना निर्वाचित भएका छन् ।

 



प्रतिक्रिया दिनुहोस !