जनयुद्धका अपूरा काम पूरा गर्ने प्रतिबद्धता महाधिवेशनबाट भए क्रान्तिकारी माओवादीसँग एकता हुने नेता गजुरेलको भनाइ
प्रकाशित मिति : 26 December, 2021 4:35 pm
काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले जनयुद्ध सुरु गरेका बेला केन्द्रीय समितिले लिएको निर्णय अनुसार अपूरा काम पूरा गर्ने प्रतिबद्धतासहितको नीति तय गरिए क्रान्तिकारी माओवादीलगायत सबै क्रान्तिकारीहरूसँगको बाटो खुला हुने बताएका छन् ।
नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा शुभकामना व्यक्त गर्दै नेता गजुरेलले यस्तो बताएका हुन् ।
माओवादी केन्द्रका अध्यक्षले बेला बेलामा सबै क्रान्तिकारी कम्युनिस्टहरूलाई एक ठाउँमा ल्याउने गरी दिने गरेको अभिव्यक्ति सकारात्मक रहेको बताउँदै नेता गजुरेलले यसका लागि यो महाधिवेशनले ढोका खोल्ने गरी नीति गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए ।