सदभावनाको एजेण्डा माओवादीले उठाएको नेता झाको भनाइ
प्रकाशित मिति : 26 December, 2021 4:53 pm
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झाले नेपाल सदभावना पार्टीले कहिल्यै पनि नेकपा माओवादीलाई आतंकवादी नभनेको बताएका छन् ।
सदभावना पार्टीले लिएको एजेन्डा संघीयता र समावेशीकरणका एजेन्डा सदभावना पार्टीले शान्तिपूर्ण ढङ्गले उठाएको र सशस्त्र भएर माओवादीले लडेको नेता झाले बताए ।
अहिले सदभावना पार्टी र त्यसको संस्थापक गजेन्द्र नारायण सिंह दुवै अहिले जिउँदै नभएको तर अध्यक्ष प्रचण्ड जिउँदै रहेकोले ती एजेण्डालाई स्थापित गर्नुपर्ने विषयमा ध्यान दिन नेता झाले आग्रह गरेका छन् ।
माओवादी केन्द्रको आठौं महाधिवेशनलाई सम्वोधन गर्दै नेता झाले उहिले गजेन्द्र नारायणसिंहले भनेको स्मरण गर्दै भने “ हामी गान्धीवादी छौं । उहाँहारू माओवादी हुनुहुन्छ । तर माओवादीहरूले उठाएको एजेन्डा राजनीतिक छ । आतंकवादी छैन ।”