११ माघ २०८१, शुक्रबार

वर्ण र वर्ग विभेद अन्त्य गर्ने बाटोमा अधि बढ्नु पर्ने नेता यादवको कथन

प्रकाशित मिति :  26 December, 2021 5:10 pm


काठमाडौं । वर्ग विभेद र वर्ण विभेद नेपालमा विद्यमान भएको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनलाई सम्बोधन गर्दै नेता यादवले यस्तो बताएका हुन् । नेता यादवले भने “ माओवादी विद्रोह र मधेश विद्रोह नभएको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुन नसक्ने थिएन् । ”

संविधान घोषणा गर्ने बेला कतिपयले बत्ती बालेका थिए भने कतिपयले बत्ती निभाएका थिए । अब ती दुवै नेपालीको संविधान बनाउनुपर्ने आवश्यकता नेता यादवले औंल्याएका छन् ।

अब सबैले मुलुकका संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प अर्को केही हुन नसकने बताउँदै नेता यादवले सबै विपन्न नेपालीलाई गास बास कपास शिक्षा औषधिमूलोको व्यवस्था गरी जानुपर्ने आवश्यकता औंल्याएका छन् ।

उनले समाजवादको अभियानको बाटोमा यो महाधिवेशनले अगाडि बढने विश्वास व्यक्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !