नेता नेपाल भन्छन् “ राष्ट्रियताको नाममा दास बनाउन हुँदैन ”
काठमाडौं । राष्ट्रियताको नाममा दास बनाउन सक्ने कुरो स्वीकार गर्न नसकिने नेकपा एकीकृत समाजवादी पार्टीका नेता माधवकुमार नेपालले बताएका छन् ।
माओवादी केन्द्रको आठौं महाधिवेशनलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।
विधि र विधानबाट पार्टी , नेता तथा कार्यकर्ता सबै बाँधिनुपर्ने आवश्यकता रहेको बताउँदै नेता नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीमा कस्तो नेपाल बनाउने विषयमा निर्णय लिन आग्रह गरेका छन् ।
नेपाललाई अगाडि बढाउन सक्ने साधन स्रोत हामीसँग भएकोले त्यसबारे निर्णय लिने नेता नेपालले प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन् । नेताहरूप्रतिको विश्वास गुम्दै जानुको मुख्यकारण भ्रष्टाचार भएको नेता नेपालले जनाए ।
माओवादी केन्द्रको महाधिवेशनबाट यस्तै विषयमा निर्णय गर्ने आवश्यकता नेता नेपालले औंल्याएका छन् । परिवर्तनको एजेण्डा नेपाली जनताको हित कल्याणका लागि हुनुपर्ने भएकाले महाधिवेशनले एउटा सहीबाट अगाडि बढोस भन्ने कामना नेता नेपालले बताए ।
नेता नेपालले आफूहरूले मालेको गठन गरेको दिने १९७८को डिसेम्बर १६ पुस ११को दिवसको दिनमा माओवादी केन्द्रको आठौं महाधिवेशन पर्न गएको स्मरण गरे ।