११ माघ २०८१, शुक्रबार

राजनीतिमा पुस्तान्तरणको कुरो गलत भएको मात्रिका यादवको बुझाइ

प्रकाशित मिति :  26 December, 2021 6:14 pm


काठमाडौं । प्रचण्डपथको विकास गर्न छोडेकाले क्रान्तिको बाटो अवरूद्ध भएको नेकपा माओवादी केन्द्रका नेता मात्रिका यादवले बताएका छन् ।

पार्टीको आठौं महाधिवेशनमा शुभकामना दिँदै नेता यादवले भने राजनीतिमा अनुभवले खारिएर पाको भएका नेतालाई हटाएर अनुभवहीनलाई नेतृत्वको जिम्मेवारी दिँदा राजनीतिक बाटो अघि बढ्न नसक्ने बताए ।

सामाजिक अन्तरविरोध बुझ्ने नेतालाई नेतृत्व दिनुपर्ने उनको भनाइ थियो ।

फेस र एजले मात्रै पनि राजनीतिक र क्रान्ति अगाडि बढ्न नसक्ने बताउँदै उनले भने हामी भन्दा धेरै राम्रा राम्रा अनुहार भएकाहरू र पाँच पाँच विषयका पीएचडी भएकाहरूको नेपालमा कमी नभएको बताए । प्रचण्डले नेतृत्व छोडेर किताव लख्न जाने कुरो नगर्न भन्दै क्रान्तिको बाटो अगाडि बढाउनुपर्ने उनले जनाए । यहाँ उठेका सवालहरू खोज्न माओवादी केन्द्र यहाँ उपस्थित भएको उनले जनाए ।



प्रतिक्रिया दिनुहोस !