एमसीसी राष्ट्रघाती छैन ः प्रधानमन्त्री देउवा
प्रकाशित मिति : 26 December, 2021 6:43 pm
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी राष्ट्रघाती नभएको बताएका छन् । म आफै प्रधानमन्त्री भएर राष्ट्रघाती सम्झौता गर्न सक्छु र भनी प्रतिप्रश्न गर्दै देउवाले यस्तो बताएका हुन् ।
नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
एमसीसीको सम्झौताले सित्तैमा आउन लागेको पैसा लिन नहुने कुरोको भन्न नहुने बताउँदै देउवाले भने एडीबी वर्ल्ड बैंकबाट आउने सहयोगमा अन्तर्राष्ट्रिय कानुन लाग्ने भएको बताए ।
देउवाले एमसीसीका बारेमा उठेका सवालमा सबैसँग सहमति गरी पारित गराउने बताए । नेपालीको राजनीतिमा माओवादी केन्द्रका नेता पुष्पकमल दाहालको ठूलो योगदान भएको देउवाले बताए । गठबन्धन कुनै दल विशेषको विरूद्धमा नभएको बताउँदै देउवाले आफूले यो गठबन्धन धेरै लामो जाओस भने चाहेको बताए ।