११ माघ २०८१, शुक्रबार
माओवादी आठौँ महाधिवेशन

‘सहमति भएमात्रै हलबाट पदाधिकारी घोषणा’

प्रकाशित मिति :  27 December, 2021 12:28 pm


काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौँ महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ । राष्ट्रिय सम्मेलनबाट बन्द महाधिवेशनबाट परिणत गरे पनि नेतृत्व चयनबारे भने अझै स्पष्ट छैन ।

अध्यक्षमा प्रचण्डको विकल्प नदेखिएपनि अन्य पदाधिकारी हलबाटै टुंग्याउने वा पछि टुंग्याउने भन्ने विषयमा भने अझै अन्योल नै छ । माओवादीले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरेको थियो ।

आज राजनीतिक प्रतिवेदन, विधान पारितसँगै नयाँ नेतृत्वको चयन गर्ने कार्यसूची छ । माओवादीका एक नेताका अनुसार सहमति भए मात्रै हल बाटै पदाधिकारी घोषणा हुनेछ ।

स्रोतले भन्यो,“सहमति भए हलबाटै घोषणा हुन्छ होइन भने पछि टुंग्याउने गरी निर्णय हुन्छ होला ।”



प्रतिक्रिया दिनुहोस !