११ माघ २०८१, शुक्रबार

हरेक पालिकामा ६ महिना भित्र कृषि उद्यम सुरु गर्ने प्रचण्डको प्रस्ताव

प्रकाशित मिति :  27 December, 2021 4:24 pm


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले हरेक पालिकामा ६ महिनाभित्र सामूहिक कृषि उद्यम सुरु गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

पार्टीको जारी ८औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा हरेक पालिकामा कम्तीमा ५० जना संलग्न गरी कृषि उद्यम उद्योग ६ महिनाभित्र स्थापना गर्ने उल्लेख गरेका हुन् ।

स्थानीय स्रोत, बजार ख्याल गरेर खाद्यान्न, फलफूल, तरकारी, पशुपालन, नगदेबाली, घरेलु तथा साना उद्योग छान्न सकिने प्रस्तावमा उनले सुझाएका छन् ।

जमिनको चक्लाबन्दी गरी किसानको स्वामित्व कायम रहने गरी कम्पनी र सहकारी साझेदारीमा त्यस्ता व्यवसाय सञ्चालन गर्न सकिने जनाइएको छ ।

ठूलो परिमाणमा काम गर्नु पर्ने भएमा दुई वा दुई भन्दा बढी पालिकाले संयुक्त रूपमा समन्वय गरी त्यस्ता उद्योग, व्यवसाय सञ्चालन गर्न सकिने प्रस्ताव प्रस्तुत गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !