१३ मंसिर २०८१, बिहिबार

नेपाल बङ्गलादेश बैंकको सीईओमा भूपेन्द्र पाण्डे नियुक्त

प्रकाशित मिति :  28 December, 2021 12:28 pm


काठमाडौं । नेपाल बङ्गलादेश बैंकको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा भूपेन्द्र पाण्डे नियुक्त भएका छन् । पुस ८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले माघ १ गतेदेखि लागू हुने गरी पाण्डेलाई उक्त पदमा नियुक्त गरेको हो ।

नेपाल इन्फास्ट्रक्चर बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत रहेका पाण्डे निफ्रामा आउनु भन्दा अगाडी राष्ट्रिय वाणिज्य बैंकको डेपुटी सीईओ थिए ।

नेपाल बंगलादेश बैंकमा सीईओ ज्ञानेन्द्र ढुंगानाको कार्यकाल अन्तिम चरणमा छ । सीईओ ज्ञानेन्द्र ढुंगानाको दोस्रो कार्यकाल यहि पुस १७ गते सकिँदैछ ।



प्रतिक्रिया दिनुहोस !