११ माघ २०८१, शुक्रबार

माओवादी केन्द्रका नेता पुन र चिनियाँ उपमन्त्रीबीच भेटवार्ता

प्रकाशित मिति :  28 December, 2021 2:00 pm


काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनसँग चिनियाँ उपमन्त्री चेन झाओले भेटवार्ता गरेका छन् ।

उचारका क्रममा चीनको सेनजेनमा रहेका नेता पुनसँग चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा उपमन्त्री झाओले भेट गरेका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको परामर्शमा नेता पुनले चिनियाँ उपमन्त्रीसँग दुई देशबीचको सम्बन्धी, चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रको सम्बन्ध विस्तार लगायतका विषयमा विस्तृत छलफल गरेको नेता पुनले बताएका छन् ।

“उहाँहरूले माओवादीको आठौं राष्ट्रिय महाधिवेशनको सफलताको शुभकामना दिनुभयो, अध्यक्ष क. प्रचण्डको नेतृत्वमा माओवादी अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै चिनियाँ कम्युष्टि पार्टी र नेकपा माओवादी केन्द्र सवैभन्दा नजिकका मित्र भएकाले आगामी दिनमा यो सम्बन्ध अझ बलियो बनाउने कुरा गर्नुभयो,” नेता पुनले भनेका छन् ।

नेपालको समसामयीक राजनीति, वामपन्थीहरुबीचको सहकार्य र एकता, अगामी चुनावमा हुने तालमेल, तथा वाम घटकहरुका बीचको पार्टी एकताका विषयमा पनि चिनियाँ मन्त्रीले चासो राखेको नेता पुनको भनाइ छ ।

चिनियाँ पक्षको जिज्ञासाको जवाफमा नेता पुनले विचार मिल्ने तथा असल क्रान्तिकारी कम्युनिष्टहरूका बीचमा पार्टी एकता गर्ने, त्यो संभव नभए सहकार्य र गठवन्धन गरेर आगामी चुनाव र त्यसभन्दा पछिसम्म जानका लागि माओवादी तयार रहेको बताएका थिए ।

चिनियाँ पक्षले नेपालका बामदलहरू एक भएर अघि बढुन् भन्ने शुभेच्छा व्यक्त गरेको नेता पुनले जानकारी दिए । अहिलेको गठवन्धन आगामी चुनावसम्म जाने र त्यस पछि पनि सहकार्य गर्न तयार रहेको बताएका नेता पुनले चिनियाँ पक्षको एमसीसी परियोजनाबारेको जिज्ञासाको समेत जवाफ दिएका थिए ।

एमसीसीबारे नेपालमा बहस चलिरहेको र गठवन्धनले समेत अध्ययनका लागि कार्यदल बनाएको प्रसँग उल्लेख गर्दै नेता पुनले कार्यदलको रिपोर्ट आएपछि राष्ट्रिय हित अनुकुल हुनेगरि मित्र राष्ट्रहरुको सहयोग स्वीकार गर्ने नेपालको नीति अनुरुप सरकार र गठवन्धन अघि बढ्ने बताएका थिए ।

बैंककमा अपेक्षित सुधार नभएपछि थप उपचारका लागि नेता पुन चीन पुगेका थिए । बंगाणुगत तथा विश्वमा विरलै देखिने जण्डिस रोगका कारण झण्डै ३ महिनादेखि उपचार गराईरहेका नेता पुन माओवादीको आठौं राष्ट्रिय महाधिवेशन जारी रहँदा चीनमा उपचार गराइरहेका छन् ।

चिकित्सकको सल्लाह पछि नेता पुनले अब छिटै नेपाल फर्कने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !