११ माघ २०८१, शुक्रबार

प्रदेशको नाम प्रस्ताव गर्ने समितिको प्रस्ताव रौं उखेलेर लाश हलुङ्गो पार्ने उपाय भएको टिप्पणी

प्रकाशित मिति :  28 December, 2021 4:01 pm


काठमाडौं । प्रदेश २ को नाम प्रस्ताव गर्न समितिको गठन गर्ने प्रस्तावलाई रौं उखेलेर लाश हुलुङ्गो पार्ने उपाय भएको टिप्पणी गरिएको छ ।

विभिन्न राजनीतिक दलको तर्फबाट विभिन्न नाम प्रस्ताव प्रदेश नम्बर दुईको प्रदेश सभामा टेबुल भएकाले आवश्यक पर्ने दुई तिहाइको बहुमत पुग्न नसकेपछि समितिको नाम प्रस्ताव गर्न एक समिति बनाउने प्रस्ताव गरिएको छ ।

राजधानीमा बस्ने प्रदेश दुईका व्यक्तिहरूले यस्तो टिप्पणी गरेका छन् ।

समितिले प्रस्ताव गर्ने नाम उपर मतदान गर्ने प्रदेश सभा सदस्य नै हुनेछन् । समितिले विकल्पका रूपमा अहिले प्रस्तुत गरिएका नामहरूमा यताबाट जोडेर , उताबाट तोडेर मिलाएर नाम दिने छ ।

फेरि बन्ने समितिमा ती दलकै तर्फबाट मनोनित व्यक्तिहरू हुनेछन् । तिनीहरूले सिफारिस भएका दलको सीमा भित्र रहेर नाममा सहमति जनाउनेछन् ।

यस्तोमा फेरि समस्या त्यही गएर अडकिने भएको भनेर युएनपार्क शंखमूल चौतारीमा महोत्तरीका सहभागी रामखेलावन साहले रिसाउँदै भने “ रोंआ उखारने मुर्दा हलुक करबला बात हइ यी । नाम प्रस्ताव कर समिति गठन । फेनु नाम उहिअ जतै नइ । ”

सत्तारुढ गठबन्धनबीच नै प्रदेशको नामकरणका विषयमा सहमति जुट्न नसकेको हो ।

प्रदेशसभाबाट यसको टुङ्गो लाग्ने सम्भावना कमजोर भएपछि समिति गठन गर्ने प्रक्रिया अगाडि बढाइएको हो ।

प्रदेश सरकारले प्रदेशको राजधानी र नामकरण सम्बन्धी प्रस्तावमाथि अध्ययन गरी प्रदेशसभामा प्रतिवेदन पेस गर्न राजधानी तथा नामकरण सम्बन्धी अध्ययन विशेष समिति, २०७८ गठन गर्न नामावलीसहितको प्रस्ताव पेस गर्ने भएको छ ।
सभामुख सरोजकुमार यादवले प्रदेशसभा कार्य संचालन (पहिलो संशोधन) नियमावली, २०७५ को नियम ७३ (क) को उपनियम (९) तथा नियम ७३ (ख) को उपनियम (९) बमोजिम विशेष समिति गठन गर्न प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको छ ।

सत्तारुढ जसपा नेपाल, माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी लोसपा नेपाल प्रदेश २ को नाम ‘मधेश’ राख्नुपर्ने पक्षमा छन् भने सत्तारूढ नेपाली काँग्रेसले मिथिला भोजपुरा प्रदेश राख्न प्रस्ताव गरेको छ । यस्तै एकीकृत नेकपा समाजवादी र विपक्षी नेकपा एमाले भने जानकी प्रदेशको पक्षमा छन् ।

प्रधानमन्त्री बन्न अघि शेरबहादुर देउवाले जनकपुरमा आयोजित कार्यक्रममा कांग्रेस पार्टी मिथिला भोजपुरा नाम राख्ने पक्षमा रहेको दिएको अभिव्यक्ति अनुसार यो नाममा कांग्रेसले प्रस्ताव गरेको हो ।

कांग्रेसको प्रधानमान्त्री रहेको बेला र सभापतिले बोलेको कुरा मिथ्याहुन नदिन मिथिला भोजपुरा नाममाथि कांग्रेसको अडान छ। कांग्रेस निकट एक नेताका अनुसार अन्य दल मिथिला भोजपुरा जोडेर सहमतिमा नआए कांग्रेसले यसैलाई एजेण्ड बनाएर चुनावमा जाने भएको छ । कांग्रेसको आधार बलियो रहेको छ र आधारमा मिथिला भोजपुराको लाइन बलियो हुने देखिएको ती नेताको भनाइ रहेको छ ।



प्रतिक्रिया दिनुहोस !