१७ माघ २०८१, बिहिबार

आईएमई लाइफका कर्मचारीलाई सम्पत्ति सुद्धिकरण र वित्तीय लगानी सम्बन्धी तालिम

प्रकाशित मिति :  28 December, 2021 6:00 pm


काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले लुम्बीनी, कर्णाली र सुदुर पश्चिम प्रदेश कार्यालय अन्तर्गतका कर्मचारीहरुका लागि सम्पत्ति सुद्धिकरण निवारण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण विषयमा तालिम सञ्चालन गरेको छ ।

कर्णाली प्रदेशको सुर्खेतमा हालै सम्पन्न तीन दिने तालिममा सम्पत्ति सुद्धिकरणको परिभाषा, कानुनी संरचना, सम्पत्ति सुद्धिकरण निवारणको औचित्यता, यसका लक्ष्यहरु लगायतका विषयमा सहजीकरण गरिएको कम्पनीले जनाएको छ । 

आतंककारी कार्यबाट संकलित कालोधनलाई कसरी बिमा क्षेत्रको माध्यमबाट सेतो धन बनाइन्छ, कारोबार गर्दा यी विषयमा कसरी सजक रहने, वित्तीय जोखिमाङ्कको चरण, कम्पनीको भूमिका, कारवाही तथा सजाय आदिको विषयमा सहभागीलाई सहजिकरण गरिएको हो । 

सहजकर्ताहरुमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवी फुँयाल, हेड एजेन्सी बिजनेस कर्म राज पौडेल, लुम्बिनी र कर्णाली प्रदेशका प्रमुख प्रेम तिमल्सीनाव, प्रमुख वित्त अधिकृत जगत बोहरा, प्रशासन तथा मानव संशाधन विभाग प्रमुख मनोज चौधरी लगायतले कार्यक्रममा सहजीकरण गरेका थिए । 



प्रतिक्रिया दिनुहोस !