सिरहामा २ दिनका लागि जारी गरिएको निषेधाज्ञा हटाईयो
प्रकाशित मिति : 29 December, 2021 9:52 am
सिरहा । सिराहमा जनमत पार्टीले आमहड्ताल र चक्काजाम गरेका कारण लगाइएको निषेधाज्ञा छ । जिल्ला प्रशासन कार्यलयले एक सुचना जारी गर्दै १४ गतेका लागि लगाईएको निषेधाज्ञा हटाईएको जानकारी दिएको छ ।
आम हड्तालका कारण सर्वसाधारणमा पर्न सक्ने जोखिमलार्इ मध्यनजर गरी प्रशासनले पौष १३ र १४ गतेसम्मका लागि पूर्वमा बलान खोला देखि पश्चिममा कमला नदीसम्म र चोहर्वा देखि सिरहा सडकखण्डको ५ सय मिटर पूर्व पश्चिम क्षेत्रमा विहान ५ बजेदेखि बेलुका ७ बजेसम्म हिडडुल तथा राजनितिक सभा सम्मेलन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको थियो ।
जनमत पार्टीले केही दिन यता सिराहमा आमहड्ताल र चक्काजाम लगायत प्रर्दशनका गतिविधि गरिरहेको छ ।