शाइन रेसुङ्गा विकास बैंकका सिइओ पौडेलको तलब रु. ९७ लाख ७३ हजार
काठमाडौं । शाइन रेसुङ्गा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले तलब बापत ९७ लाख ७३ हजार भन्दा बढी रुपैयाँ बुझेका छन् ।
आ.व. २०७७/०७८ मा सिइओ पौडेलले तलब, भत्ता, दशैं, बोनस, सञ्चयकोष तथा बिदा गरेर ९७ लाख ७३ हजार ८ सय ३२ रुपैयाँ ४२ पैसा बुझेका हुन् ।
बैंकको वार्षिक प्रतिवेदन अनुसार यो रकम अघिल्लो वर्षभन्दा कम हो । सिइओका लागि शाइन रेसुङ्गाले तलब, भत्ता, दशैं, बोनस, सञ्चयकोष तथा बिदा वापतको तलब गरी जम्मा १ करोड ७ लाख ३० हजार ८ सय ९१ रुपैंया ५९ पैसा भुक्तानी गरेको थियो ।
बैंकले पछिल्लो समय आफ्नो शाखा विस्तार गर्दै गएको छ भने बुटवलमा मुख्यालय राखेर काठमाडौंमा शाखा सञ्चालनमा ल्याएको छ ।
आर्थिक बर्ष २०७७/०७८ मा भएको कूल ब्यवस्थापन खर्च अन्तर्गत बैंकले कर्मचारी तर्फ ४३ करोड ४ लाख ७१ हजार ५ सय ६६ रुपैयाँ खर्च गरेको छ भने सञ्चालन खर्च तर्फ २५ करोड २३ लाख ४२ हजार ९ सय २७ रुपैयाँ खर्च गरेको छ ।
त्यस्तै व्यवस्थापन खर्च ६८ करोड २८ लाख १४ हजार ४ सय ९३ रुपैयाँ खर्च भएको बैंकको वार्षिक प्रतिबेदनमा उल्लेख छ ।