६ आश्विन २०८१, आइतबार

दर्जनौ आवारा ग्रह आकाश गङ्गामा पहिलो पटक फेला

प्रकाशित मिति :  29 December, 2021 4:31 pm


काठमाडौं । खगोलशास्त्रीहरूले आकाश गङ्गामा( मिल्की वे) कुनै अभिभावक ताराको नियन्त्रण बिना रहेका दर्जनौं ग्रहहरूलाई पहिलो पटक फेला पारेका छन् ।

कुनै ताराको नियन्त्रणमा नरहेका ग्रहहरूलाई आवारा ग्रहको रूपमा बुझिन्छ ।

यसरी अनियन्त्रित खालका डुलुवा ग्रहको संख्या कम्तीमा ७० वटा रहेका छन् । यो संख्या १७० सम्म पुग्न सक्ने अनुमान गरिएको छ ।
यसरी अनियन्त्रित डुलिरहेका ग्रहहरू मध्ये केहीको पिण्ड हाम्रो सौर्य प्रणालीका ग्रहजस्तो रहेको पाइएको छ ।

पृथ्वीबाट ४२० प्रकाशवर्ष टाढा रहेको आकाश गङ्गामा ती ग्रहहरू फेला परेको सो अध्ययन गत साता नेचर अस्ट्रोनोमी जर्नलमा प्रकाशित भएको छ ।

कसमिक डान्स प्रोजेक्टका अनुसन्धानकर्ताहरूले यसबारे अध्ययन गरेका हुन् ।

यी ग्रहहरू केही लाख वर्ष अघि मात्र पुरानो रहेको र उनीहरूबाट निस्कने ताप र इन्फ्रा रेड इनर्जीले उनीहरू अझ युवा खालका ग्रह भएको अध्ययनबाट देखिएको छ ।

पृथ्वीमा जडान गरिएका दूरबिनबाट संकलन गरिएका दुई दशकका डेटाहरूको अध्ययनबाट  यी ग्रह   वृहस्पति (जुपिटर)को आकारको रहेको पाइएको छ ।

युरोपियन साउदर्न अब्जर्भेटरीले जनाए अनुसार ती खगोलीय वस्तुहरू मध्ये केही वृहस्पतिका आकार भन्दा १३ गुणा बढी पनि रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !