२२ आश्विन २०८१, मंगलबार

तीन दिनदेखि ओरालो लाग्यो सुन

प्रकाशित मिति :  30 December, 2021 12:30 pm


काठमाडौं । नेपाली बजारमा पछिल्लो ३ दिन देखि सुनको मूल्य ओरालो लागेको छ । बुधबार ५ सयले घटेको छापावाला सुन बिहिबार पनि ४ सयले घटेर तोलाको ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ६ सयमा कारोबार भइरहेको छ ।

आज चाँदी ५ रूपैयाँले घटेको महासंघले जानकारी दिएको छ । मंगलबार १२५० रुपैयाँमा कारोबार भएको चाँदी आज विहीबार प्रतितोला १२ सय ४५ रूपैयाँमा कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस !