६ आश्विन २०८१, आइतबार

रुसी राहदानी पाउन बाटो सहज बनाउँदै राष्ट्रपति पुटिन

प्रकाशित मिति :  30 December, 2021 1:53 pm


काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्व सोभियत संघको सीमामा बसोबास गर्ने र तिनका सन्तान समेतलाई नागरिकता प्राप्त हुने गरी सहज प्रावधानसहितको विधेयक दर्ता गराएका छन् । बुधबार रुसी संसद डुमामा दर्ता गराइएको प्रस्तावित विधेयकमा रुसी नागरिक हुन २० भन्दा बढी प्रावधानहरू उल्लेख गरी सहज प्रक्रिया बनाइएको छ ।

प्रस्तावित विधेयकमा रुसी राहदानी प्राप्त गर्न पूर्व सोभियत गणराज्यका नागरिकहरूलाई नागरिकता प्राप्त गर्न सहज हुने विधि मिलाइएको छ । पूर्व सोभियत वा पूर्वी रुसी साम्राज्य अन्तर्गतको भूमिमा स्थायी बसोबास गर्नेका नातेदारहरूले रुसको नागरिकताका लागि आवेदन दिन सक्ने छन् ।

दम्पत्तिलाई रुसी नागरिक हुन सहज हुनेछ । विवाहको अवधिमा कम्तीमा एक जना सन्तान सो भूमिमा भएको भएका दम्पत्तिले नागरिकता प्राप्त गर्न पाउने छन् ।

रुसमा लगानी लगाउन खोज्नेहरूले पनि रुसी नागरिकता पाउने छन् ।

रुसी राष्ट्रपतिलाई मानवीयताका आधारमा मात्र होइन अन्य कारणले पनि नागरिक बनाउन पाउने अधिकार दिइएको छ ।

पुटिनले यसअघि यति ठूलो देशमा चाहिने जनसंख्याको आवश्यकता रहेको बताएका थिए ।

रुसमा आउन चाहनेले पहिले यहाँको चालचलन र भाषा अध्ययन गर्नुपर्ने आवश्यकता रहेको राष्ट्रपति पुटिनले यो महिनाको सुरुमा बताएका थिए ।



प्रतिक्रिया दिनुहोस !