६ आश्विन २०८१, आइतबार

अमेरिकाको सरकारी इतिहासमा सबै भन्दा बढी वार्षिक सेवानिवृति लाभ लिने एन्थनी फाउची हुने

प्रकाशित मिति :  30 December, 2021 2:25 pm


काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख चिकित्सा सल्लाहकार , कोभिड १९को बरिष्ठ सल्लाहकार र राष्ट्रिय प्रतिष्ठानका निर्देशक एन्थनी फाउचीले अमेरिकी सरकारको इतिहासमा सबै भन्दा बढी वार्षिक सेवानिवृति लाभ लिने व्यक्ति हुने भएका छन् ।

सिकागो आधारित गैर मुनाफामा आधारित ओपनदबुक्सडटकमले सार्वजनिक गरेको खर्चको आधारमा फोब्र्सले फाउचीको पेनसन योजना साढे तीन लाख अमेरिकी डलर बराबरबाट सुरु हुने खुलाएको छ ।

यसमा वार्षिक वृद्धि थपिने छ । यति हुँदाहुँदै पनि फाउँचीले तत्काल सेवा निवृत नहुने इच्छा जाहेर गरेका हुन् ।

लामो समय काम गरे उनको सो वार्षिक प्याकेज झन् धेरै हुने भएको छ ।नेसनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सस डिजिजका प्रमुख सन्१९८४देखि रहँदै आएकामा उनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा राष्ट्रपति कार्यालयको कोभिड विरूद्धको जिम्मेवारीमा ल्याइएको थियो ।

राष्ट्रपति बाइडेन आएपछि उनलाई राष्ट्रपतिको प्रमुख चिकित्सा सल्लाहकारमा बढुवा गरिएको थियो । यो अवधिमा आफ्नो निर्देशकको पदमा कायम रहेका छन् । समग्रमा उनले संघीय सरकारका लागि ६ दशक लामो काम गरेका छन् ।
फाउचीले काम आधामा टुङ्ग्याएर रिटायर नहुने बताएका छन् ।

विगतको दुई वर्ष फाउचीले संघीय सरकारको कर्मचारीको रूपमा धेरै रकम पाउने व्यक्तिको रूपमा स्थापित हुन पुगेका छन् । उनको आम्दानी राष्ट्रपति भन्दा बढी रहेको देखिएको छ । सन् २०१९मा ४ लाख १७ हजार ६सय ८ अमेरिकी डलर थियो । सन् २०२०मा यो बढेर ४लाख ३४ हजार ३सय १२ अमेरिकी डलर हुन पुगेको अमेरिकाको अफिस अफ पर्सनल म्यानेजमेन्टको रेकर्डमा उल्लेख छ । यो रेकर्ड निगरानी राख्ने नियामक निकायबाट उपलब्ध गरिएको छ ।

फ्रिडम अफ इन्फोर्मेसन कानुन अन्तर्गत फाउचीको तलब सुविधासम्बन्धी रेकर्ड सार्वजनिक भएको हो । फाउचीले एबीसी न्युजलाई दिएको एक अन्तर्वार्तामा आफूले सरकारको विभिन्न जिम्मेवारीबाट तत्काल नहट्ने जनाए । कोभिड १९ वैश्विक महामारी नियन्त्रणमा नआएसम्म आफूलाई दिएको भूमिकाबाट नपन्छिने फाउचीले जनाएका थिए ।



प्रतिक्रिया दिनुहोस !