१७ माघ २०८१, बिहिबार

रुपन्देहीमा ५७ करोड रुपैयाँ लगानीको ‘द एस आर होटल एण्ड ईभेन्ट्स प्रालि’ सञ्चालनमा

प्रकाशित मिति :  30 December, 2021 2:56 pm


रुपन्देही । ५७ करोड रुपैयाँको लगानीमा रुपन्देहीमा ‘द एस आर होटल एण्ड ईभेन्ट्स प्रालि’ स्तरोन्नतीसहित सञ्चालनमा आएको छ ।

बुटवलदेखि चार किलोमिटरको दुरीमा रहेको तिलोत्तमानगरको ड्राईभरटोलमा ‘द एस आर होटल एण्ड ईभेन्ट्स प्रालि’ थप सेवा विस्तार गरेर सञ्चालनमा आएको हो ।

विसं २०७३ सालदेखि सञ्चालनमा आएको होटेललाई थप विकसित, आधुनिक, स्तरीयतासहित सेवा विस्तार गरिएको. सञ्चालकको भनाई छ ।

होटेलका अध्यक्ष होमकान्त बस्याल(शंकर)ले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“हाम्रो हस्पिटालिटी सेवामा समाजका बिभिन्न क्षेत्रमा अनुभव प्राप्त र प्रतिष्ठित युवाहरुको संयुक्त लगानी रहेको छ ।”

होटेल १२ कट्ठा जग्गामा फैलिएको छ भने हालसम्म ५७ करोड रुपैँया लगानी भएको सञ्चालकको भनाई छ । होटेलमा वातानुकुलित प्रेसिडेन्टल स्वीट रुम एक,स्वीट रुम दुई, सुपर लक्जरी डिलक्स रुम ३, सुपर डिलक्स रुम १८, डिलक्स ८ गरी ३२ वटा रुमहरू रहेका छन् ।

औपचारिक कार्यक्रम गर्न मिल्ने गरी पाचौ तलामा वातानुकुलित कन्फ्रेन्स हल रहेको र हाटेलको छैटौं तलमा रहेको ओपनरुफटपबाट लुम्विनी, भैरहवा, गौतमवुद्द विमानस्थल तथा दक्षिणी भेगमा भारतको नौतनुवासम्म अवलोकन गर्न सकिने उल्लेख छ ।

अध्यक्ष बस्यालले दश बर्षभित्र देशका विभिन्न धार्मिक तथा पर्यटकीय स्थल र शहरहरूमा होटलको कम्तिमा सातवटा शाखा खोलेर सेवा दिने योजना रहेको बताएका छन् ।

 

 

 

 

 

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस !