१२ कार्तिक २०८१, सोमबार

बाक्लो हुस्सुका कारण हवाई उडान र अवतरण ठप्प

प्रकाशित मिति :  31 December, 2021 9:18 am


काठमाडौं । आज बिहानदेखि लागेको बाक्लो हुस्सुका कारण शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन्। बुधबारदेखि मौसममा आएको परिवर्तका कारण हवाई उडानमा समस्या आएको थियो ।

विमानस्थल स्रोतका अनुसार भिजिबिलिटी कम भएका कारण उडान र अवतरण हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले स्रोतले जानकारी दिएको छ।

विमानस्थलका अनुसार अन्तर्राष्ट्रिय उडान र अवतरणका लागि कम्तीमा ३ हजार सय मिटर भिजिबिलिटी आवश्यक पर्छ। तर हुस्सुका कारण यतिबेला काठमाडौंको भिजिबिलिटी १ हजार आसपास रहेकाले कुनै पनि विमान अवतरण हुन सकेका छैनन् ।

बिहिबार पनि खराब मौसमका कारण आन्तरिक उडानहरु रद्द गरिएको थियो । त्रिभुवन विमानस्थल टर्मिनल कार्यालयका अनुसार भिजिबिलिटी ह्वात्तै घट्दा आन्तरिक तथा बाह्य उडान हुन नसके हो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहानैबाट देशभर बाक्लो हुस्सु र कुहिरो लागेकाले काठमाडौंसहित देशभरका विमानस्थल खुलेका छैनन्।



प्रतिक्रिया दिनुहोस !