१२ कार्तिक २०८१, सोमबार

साताको अन्तिम दिन ६००ले बढ्यो सुन

प्रकाशित मिति :  31 December, 2021 12:11 pm


काठमाडौं । नेपाली बजारमा तीन दिनदेखि लगातार घटेको सुनको मूल्य साताको अन्तिम दिन बढेको छ । बिहिबार ४ सयले घटेर तोलाको ९२ हजार १ सयमा कारोबार भएको छापावाल सुन आज शुक्रबार तोलाको ६ सयले बढेर प्रतितोला ९२ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९२ हजार २ सयमा कारोबार भएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला १५ रुपैयाँले बढेर तोलाको १२६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बिहिबार चाँदी प्रतितोला १२४५ रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !