१२ कार्तिक २०८१, सोमबार

समायोजनपछि हिमालयन डिस्टीलरीको सेयर मूल्य कति ?

प्रकाशित मिति :  31 December, 2021 12:50 pm


काठमाडौं ।  हिमालयन डिष्टिलरी कम्पनको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले गत आर्थिक वर्षको बोनस सेयरका लागि कम्पनीको सेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले कम्पनीको सेयर मूल्य समायोजन गरेर प्रतिकित्ता ३९२५.७१ रुपैयाँ कायम गरेको छ ।

हिजो पुस १५ गत बिहीबार प्रतिकित्ता ६८७० रुपैयाँमा कारोबार भएर  बजार बन्द भएको थियो । नेप्सेका अनुसार हिजो कारोबार रकमका आधारमा हिमालयन डिष्टिलरी अग्रस्थानमा रहेको थियो ।कम्पनीको ५२ करोड ५५ लाख ८० हजार ५ सय ४ रुपैयाँको कारोबार भएको थियो ।

त्यस्तै हिमालयन डिस्टिलरीले ७५ प्रतिशत बोनस र २५ प्रतिशत नगद (करसहित) गरी कुल १०० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको उक्त लाभांश यही पुस २८ गते हुने २१ औँ वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनिलाई वितरण गर्नेछ ।

यो सँगै नेप्सेले नबिल बैंक, कृषि विकास बैंक, फरवार्ड लघुवित्त, गुडविल फाइनान्सको सेयरमूल्य समायोजन गरेको हो। मूल्य समायोजनअनुसार प्रतिकित्ता नबिल बैंकको १०८५.३३ रुपैयाँ, कृषि विकास बैंकको ४१० रुपैयाँ, फरवार्ड लघुवित्तको १९६२.९६ रुपैयाँ, गुडविल फाइनान्सको ५३३.४६ रुपैयाँ कायम भएको छ।

यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता नबिलको १४५० रुपैयाँ, कृषि विकास बैंकको ४९२ रुपैयाँ, फरवार्ड लघुवित्तको २६५० रुपैयाँ, गुडविल फाइनान्सको ५८२ रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार यी कम्पनीका सेयर कारोबारमा आउनेछ।



प्रतिक्रिया दिनुहोस !