१२ कार्तिक २०८१, सोमबार

सिइओ रेग्मीमाथि पर्यटन मन्त्री आलेको आक्रोश : यस्तो साँढे राखेरपनि बोर्ड चल्छ ?

प्रकाशित मिति :  31 December, 2021 1:56 pm


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आलेले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीलाई ‘साँढे’को संज्ञा दिँदै आक्रोश व्यक्त गरेका छन् ।

नेपाल पर्यटन बोर्डको २३ औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री आलेले बोर्ड सीईओ रेग्मीको नाम नलिइकन यस्ता साँढेलाई सीईओ बनाएर बोर्ड नचल्ने बताए ।

दुई महिनाअघि लन्डनमा भएको वर्ल्ड ट्राभल मार्टबाट फर्कने क्रममा अत्यधिक मदिरा सेवन गरेका रेग्मीले विमानस्थलमा रहेका भन्सार कार्यालयका कर्मचारीमाथि हातपात गरेपछि विवादमा तानिएका थिए । आलेपनि रेग्मीसँग सन्तुष्ट थिएनन् ।

पछिल्लो समय आलेको विरोधमा रेग्मीले मिडिया परिचालन गरेको भन्दै जसरी पनि कारबाही गर्ने बताउँदै आएका थिए । रेग्मी निलम्बनमा परेपनि सर्वोच्च अदालतले निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन आदेश दिएको छ ।

डब्लूटीएमका लागि लन्डन पनि आफूलाई जर्वजस्ती लगेको मन्त्री आलोको टिप्पणी छ । कोभिडबाट थला परेको देशको पर्यटन क्षेत्र माथि उठाउन सकिन्छ कि भनेर सबैले आग्रह गरेपछि आफू लण्डन गएपनि बोल्ने कार्यक्रम नराखेर आफूलाई अपमानित गरिएको उनको भनाई थियो ।

मन्त्री आलेले भने , “उता गएपछि त बोल्ने कार्यक्रम छैन भन्यो साँढेले, अरु सबैले आफ्नो विचार राख्छ, तर मैले पाइनँ ।”

बोर्डका कार्यकारी प्रमुख रेग्मीले आफूलाई रक्सी खान जाउँ भन्दै पकाउने प्रयास गरेको भन्दै मन्त्री आलेले भने, “यस्तो भन्ने साँढेलाई राखेर बोर्ड चल्छ ?”



प्रतिक्रिया दिनुहोस !