१० मंसिर २०८१, सोमबार

अमेरिकीमा ८० प्रतिशत आईसीयू बेडहरू भरिभराउ

प्रकाशित मिति :  31 December, 2021 4:54 pm


काठमाडौं ।  संयुक्त राज्य अमेरिकाको स्वास्थ्य सेवा प्रणालीले कोभिड(१९ ओमिक्रोन संस्करणको फैलावटका कारण अभूतपूर्व ओभरलोड अनुभव गरिरहेको छ ।

सघन उपचार एकाई ९आईसीयू० मा ७८५ बेडहरू भरिभराउ छन् । जर्ज वाशिंगटन युनिभर्सिटी अस्पतालका प्रकोप चिकित्सा प्रमुख डा जेम्स फिलिप्सले उक्त जनाकारी दिएको बिहीबार सीएनएनले जनाएको छ।

यो हप्ता अमेरिकामा महामारीको रेकर्ड बनेको छ जहाँ दैनिकरूपमा कोभिड(१९का घटनाहरू पाँच लाखभन्दा माथि छ । यो सँगै अस्पताल भर्ना हुने सङ्क्रमितको संख्या नाटकीय रूपमा बढेको छ । केही राज्यहरूमा लगभग तीन गुणा बढेको छ र स्वास्थ्य सेवा सुविधाहरूको प्रवाहमा जटिलता थपिएको छ ।

अमेरिकाको स्वास्थ्य र मानव सेवा विभागको तथ्याङ्क अनुसार बिहीबारसम्म ७८५ आईसीयू बेडहरू भरिएका छन् जसमध्ये २२५ कोभिड(१९का बिरामीहरू छन् ।

अन्य धेरै देशहरू जस्तै, अमेरिकाले अब ओमिक्रोन महामारीको नयाँ लहरको सामना गरिरहेको छ। रासस



प्रतिक्रिया दिनुहोस !