१० मंसिर २०८१, सोमबार

आजदेखि अंग्रेजी नयाँ वर्ष २०२२ शुरु 

प्रकाशित मिति :  1 January, 2022 9:34 am


काठमाडौं । ग्रेगाेरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इश्वी सम्वत् सुरुआत भएको भन्ने भनाइ रहेको छ ।

पोप ग्रेगाेरियन जुलियन पात्रो अनुसारको सन् लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगाेरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । 

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउँछन् । विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ । 

नेपालमा इस्वी संवत् मनाउने खासै चलन रहेकाे मानिदैन । तर पछिल्ला केही बर्षयता नेपालमा पनि विदेशबाट अाएका पर्यटकलाइ मध्ये नजर गरी देशका ठूला शहरहरुमा केही महाेत्सव तथा ‘न्यू इयर इभ’ भनी मनाउने चलन रहेकाे छ ।

नेपाल घुम्न अाएका विदेशीहरु काठमाडाैंकाे ठमेल, पाेखराकाे लेकसाइड, चितवनकाे साैराह, धरान, लुम्बिनी लगायत देशका पर्यटकी स्थानमा ‘न्यु इयर इभ’ मनाउने गर्दछन् । 

 

 



प्रतिक्रिया दिनुहोस !