१२ कार्तिक २०८१, सोमबार

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा राणा नियुक्त

प्रकाशित मिति :  1 January, 2022 4:57 pm


काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको नायब प्रमुख कार्यकारी अधिकृतमा गोरख राणा नियुक्त भएका छन् ।

पुस १७ गतेदेखि लागू हुने गरी राणा नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । राणासँग नेपालको बैंकिङ क्षेत्रमा २७ वर्षभन्दा लामो अनुभव छ । राणाा सन् १९९४ देखि रिटेल र प्राइभेट बैंकिङमा स्ट्याण्डर्ड चार्टर्ड बैंकमा संलग्न भएका थिए ।

सन् १९९६ मा कर्पोरेट र संस्थागत बैंकिङमा संलग्न राणाले रिलेसनसिप म्यानेजर, सिनियर क्रेडिट म्यानेजर, हेड अफ क्लाइन्ट कभरेज आदीको पदमा रहेर काम गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !